एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
धादिङ – हिउँबाट बच्नका लागि ओडारमा गएको बेला माथिबाट आएको पहिरोमा परेर दुई जना गोठालाहरु हराइरहेका छन् । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका हुन् ।
लगातार हिउँ परेपछि हिउँबाट बच्न ओडारमा रातिसम्म बस्दा ओडार नै पहिरोले पुरेर हराएको स्थानीय शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोनबाट जानकारी दिनुभयो ।
पहिरोले पुरिएर हराइरहेकाहरुमा त्यसै गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ रहेका छन् ।
उनीहरुसँगै १ सय २० बाख्रा पनि ओडारमा रहेकाे र सबै पहिरोले पुरेर हराइरहेकोले हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।
दुई दिनअघिदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकोले उद्धारका लागि सरकारसँग माग गरिएको शिक्षक कोइरालाले टेलिफोनबाट जानकारी दिनुभयो ।
गाउँमा कुहिरोसमेत लागेकोले केही समय ढिला भए पनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।