च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आज फेसबुक स्थापना भएको चाैध वर्ष पूरा भएको छ । आजैको दिन अर्थात फेब्रुअरी ४ सन् २००४ मा मार्क जुकरबर्गसहित उनको टिमले सामाजिक सञ्जाल फेसबुकको स्थापना गरेका थिए ।
उनका कक्षाका साथीहरु एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए ।
साथीहरुसँगको सहकार्यमा खोलिएको फेसबुकका विश्वमा यति धेरै प्रयोगकर्ता होलान् भनेर जुकरबर्गले सोचेका पनि थिएनन् । त्यही भएर त उनी भन्ने गर्छन्, टिमवर्कले काम सफल बन्छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा लञ्च गरिएको फेसबुकको मुख्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ । मासिक रुपमा सक्रिय रहने फेसबुक प्रयोगकर्ताको संख्या अहिले दुई अर्ब बीस करोड पुगेका छन् । ‘म्यासेन्जर’ र ‘वाच’ पनि फेसबुकको आफ्नै उत्पादन हुन ।
फेसबुकले प्रत्यक्षरुपमा तीस हजार भन्दा बढीलाई रोजगार दिएको छ । विश्वव्यापी रुपमा यसको प्रयोग बढ्दै गए पनि केही देशमा भने यसको प्रयोग बन्देज गरिएको छ । चीन, इरान, उत्तर कोरिया र बङ्गलादेशलगायत अन्य केही देशहरुमा फेसबुक प्रयोगमाथि समय समयमा हस्तक्षेप लगाउने गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।