दार्चुलामा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सात जनामध्ये छ ...
कात्तिक ३०, २०८१ शुक्रबार
पर्सा - पर्साको ग्रामीण क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न साइकलको पछाडिको भागमा अँध्यारोमा टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस्न सुरु गरिएको छ ।
ग्रामीण क्षेत्रमा बढी साइकल चल्ने र बाटो अध्याँरो हुँदा दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरी कार्यालय पर्साले साइकलको पछाडि अँध्यारोमा टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस्न सुरु गरेको हो ।
पर्साको पोखरीया तथा विन्दवासिनी हुँदै दिनहुँ पाँच हजारभन्दा बढी व्यक्ति साइकल चलाउँदै कामका लागि बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगसम्म जाने गर्छन् ।
बिहान झिसमिसेमै र साँझमा बढी साइकल ओहोर दोहोर गर्ने र यही बेला ठूला सवारी साधनले ठक्कर दिने गर्दा दुर्घटना बढेको भन्दै अहिले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न स्टिकर टाँस्न थालेको हो ।
साँझको समयमा सडक बत्तिको अभाव र सडक पनि साँघुरो हुँदा दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न यस्तो अभियान चालिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो ।
स्टिकर टाँसेपछि दुर्घटनामा केही कमी आउने विश्वास लिएको सिंहले बताउनुभयो । स्टिकर टाँस्नुका साथै साइकल यात्री र ठूला सवारी चालकलाई ट्राफिक नियमबारे सचेत पनि गराइने गरेकाे उहाँले जानकारी दिनुभयो ।
यसअघि ट्राफिक प्रहरीले बजार क्षेत्रमा पनि दुर्घटना न्यूनीकरणका लागि ठूला तथा साना सवारीमा अँध्यारोमा टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस्ने अभियान चलाएको थियो । बजार क्षेत्रमा अभियान प्रभावकारी देखिएकाले ग्रामीण क्षेत्रमा पनि यो अभियान अगाडि बढाइएको ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।