एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।
सडकमा बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गर्न लागिएको संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो । दुर्घटना कम गर्न भन्दै सातै प्रदेशमा रहेका गाडी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी गराउन लागिएको उहाँले बताउनुभयो ।
सङ्गठनले हरेक महिना एकपटकमा कम्तीमा २० जना चालक तथा सहचालकलाई ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने छ । यस्तै सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर बनाएर सबै सार्वजनिक गाडीमा टाँस्ने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।