गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययन...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै – हलिउडको डल्बी थिएटरमा सन् २०१९ को ओस्कार पुरस्कार समारोहमा विभिन्न विधामा पुरस्कार वितरण गरिएको छ । यसैबीच महिनावारी हुँदाको पीडा झल्काइएको ‘पिरियड, इण्ड अफ् सेन्टेन्स’ चलचित्रले पनि पुरस्कार जित्न सफल भएको छ ।
यस चलचित्रमा सँच्चिकै प्याडम्यानले काम गर्ने युवकले अभिनय गरेका छन् । चलचित्रको निर्देशन रायका जेताबची र निर्माण गुनीत मोंगाको सिख्या इन्टरटेनमेन्टले गरेको हो ।
यस चलचित्रमा महिनावारीको विरुद्ध संघर्षरत महिलाहरुको लडाइँलाई देखाइएको छ । साथै वास्तविक प्याडम्यान अरुणाचलम मुरुगनाथनले गरेको कामलाई पनि चलचित्रले समेटेको छ ।
२५ मिनेटको यो वृत्तचित्र दिल्ली नजिकैको हापुर जिल्लाको एक गाउँमा सुटिङ गरिएको थियो । फिल्ममा महिलाको स्वास्थ्यको लागि विभिन्न टिप्सका साथै सेनेटरी न्यापकिनको प्रयोग गर्नुपर्ने कुरालाई पनि देखाएको छ ।
ओस्कार २०१९ : ‘ग्रीन बुक’ बन्याे सर्वोत्कृष्ट चलचित्र, कसले के जिते ?
पिरियडको कुरा गर्दा कक्षा कोठाको पिरियड बुझ्ने गरेको भन्दै चलचित्रले गाउँमा महिनावारीसम्बन्धी अज्ञानताको हदलाई पनि छर्लङ्ग पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।