टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
जैश-ए-मोहम्मदले आक्रमणको जिम्मेवारी लिइसकेको भए पनि भारतले पाकिस्तानलाई दोषी ठहर्याउँदै बदलाको आक्रमण गरेको बताएको छ ।
यसले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पाकिस्तानलाई अलग्याउन कुटनैतिक ठेस पुग्न सक्ने अनुमान गरिन्छ ।
यस्तै पाकिस्तानलाई आफ्नो घनिष्ट राष्ट्रको मान्यताबाट भारतले हटाइसकेको छ । यति मात्र नभएर पाकिस्तानबाट भारत भित्रिने सामानमा २०० प्रतिशत भन्सार कर लगाएको छ । भारतले आफ्नो देशबाट पाकिस्तानमा टमाटर निर्यात गर्न मात्र बन्देज लगाएन, त्यहाँका सुटिङ खेलाडीहरुलाई भिसा दिन पनि अस्वीकार गर्याे ।
पाकिस्तानले आक्रमण गरेको भनेर यदि भारतले प्रमाण देखायो भने आफूले अनुसन्धान थालनी गर्ने बताउँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले झुटाे आरोप लगाएको भनेका थिए । उनले यदि भारतले आक्रमण गरेमा आफूले पनि त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिएका थिए ।
गएको शुक्रबार पाकिस्तानी सेनाले भारतले कुनै पनि प्रकारको दुस्साहस नगर्न र यदि गरेमा त्यसको परिणाम नराम्रो हुने भन्दै चेतावनी दिएका थिए । भारतको आक्रमणले पाकिस्तानमा क्षेत्रीय तनाव फैलिएसँगै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले फेब्रुअरी २४ मा तोकिएको उनले जापान भ्रमण स्थगित गरेका थिए ।
कुरैशीले जापानका आफ्ना समकक्षी तारो कोनोलाई फोन गर्दै पुलवामा आक्रमण पछि देशको अति गम्भीर अवस्थामा आफूले देशमै बस्नुपर्ने भएका कारण आफू त्यहाँ आउन नसक्ने बताएका थिए ।
उनले तारोलाई भविष्यमा पाकिस्तानी सुरक्षा व्यवस्थालाई स्थिर बनाइराख्न संयुक्त राष्ट्रसँग आग्रह गरी माग्न पनि अनुरोध गरेका थिए । कुरैशीले कानोसँग जापानले पनि पाकिस्तानमा सुरक्षाको भूमिका निर्वाह गर्नको लागि आग्रह गरेका थिए ।
क्युरेसीले जापान र पाकिस्तानको सम्बन्ध वर्षौँदेखि सुमधुर बन्दै आएको बताउँदै जापानका प्रधानमन्त्रीलाई भनेर आफ्नो भ्रमण सारिदिन कानोसँग आग्रह गरेका थिए ।
त्यसपछि दुईटै विदेशमन्त्रीले कुरैशीको नयाँ घेटघाटको लागि नयाँ मिति तोक्ने विषयमा निर्णय भएको छ । कुरैशीको आगामी भेट जापानका प्रधानमन्त्री सिन्जो आबेसँग हुने आशा गरिएको पाकिस्तानी विदेश मन्त्रीको सचिवालयले बताएको छ ।
यस्तै कुरैशीले यही विषयमा जर्मनीका विदेशमन्त्री हेको माससँग पनि आइतबार टेलिफोनमा कुराकानी गरेका थिए ।
उनले भारतको आधारहीन आरोप र आक्रमक बदला बाहेक पुलवामा आक्रमणको बारेमा पाकिस्तानले भारतसँग मिलेर अनुसन्धान गर्नुपर्ने बताए । मासले जसरी भए पनि देशमा शान्ति स्थापना गर्न लाग्नुपर्ने समेत बताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।