चितवनमा एम्बुलेन्स र भ्यान ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीको मृत्यु

 फागुन १५, २०७५ बुधबार ११:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – एम्बुलेन्स र भ्यान ठोक्किँदा एम्बुलेन्समा सवार बिरामीको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । 

गोरखाबाट भरतपुरका लागि छुटेको  ग २ च ४६ ०० नम्बरको एम्बुलेन्स शहीदचोकमा मोड्ने क्रममा ना १ ज ७७ ७३ नम्बरको भ्यानमा ठोक्किँदा गोर्खा पालुङटारका ५५ वर्षका सन्तमान श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भ्यानका चालक तनहुँका प्रविण श्रेष्ठ र बिरामी कुर्न आएका गोर्खा पालुङटारका उदय श्रेष्ठको भरतपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 


 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया