शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सिके राउतसँग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पत भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । उहाँले राउत सँगको सहमतिका बारेमा पार्टीभित्र आवश्यक छलफल नै नगरिएको भन्दै स्थायी समिति, केन्द्रीय कमिटीमा छलफलको चलाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्नुपर्ने तर्क नेता रावलले गर्नुभयो । उहाँले राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै आपत्ती जनाउनुभयो ।
नेता रावलले पार्टी सामूहिकतामा नभइ एक वा दुई जनाको निर्देशन र चाहना अनुसार सञ्चालन भएको भन्दै असन्तुष्टि जनाउनुभयो । राजद्रोहको मुद्धामा सरकारले नै कारबाही गरेको व्यक्तिलाई कुनै भूभाग जितेर आएजस्तो गरी सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको टिप्पणी गर्नुभयो ।
शसस्त्र द्वन्द्वकालीन समयका मुद्धाहरु अझै किनारा लागिनसकेको अवस्थामा राज्यले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तामाथि लागेका सबै मुद्धामा छुट दिन नमिल्ने तर्क उहाँले गर्नुभयो ।
सरकार र राउतसँग भएको सहमतिले राष्ट्रिय स्वतन्त्रको हित विपरित भएको भन्दै उहाँले त्यसले कुनै पनि समय ठूलो राष्ट र राष्ट्रियतालाई ठूलो आघात पुर्याउने दावी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।