शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
रौतहट - नेकपाका प्रमुख तीन नेताले एकै मञ्चबाट तराई मधेसको विकासको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपाको सरकार गम्भीर रहेको घोषणा गरेका छन् ।
रौतहटको गरुडामा नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले तराई मधेसको विकास र समृद्धिको लागि सरकार योजना बनाएर गम्भीरतापूर्वक अगाडि बढेको स्पष्ट पार्नुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले पृथकवादी राजनीतिको भविष्य नभइ देशको समृद्धि नै एकमात्र बाटो देखेर सिके राउत नेतृत्वको समूहले देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यवद्धता जनाएको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको शान्ति र समृद्धिको सपना साकार पार्नलाई भएको बताउनुभयाे । साथै उहाँले तराई मधेसको समृद्धिको लागि २५३ करोड रुपैयाँको विशेष अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गर्नुभयाे ।
प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि सञ्चालन गर्ने घोषणा गर्नुभयाे । उहाँले ७० हजारभन्दा बढीकाे उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताउनुभयाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउँदै आगामी निर्वाचनमा नेकपाको दुई तिहाई बहुमत आउने बताएका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विभेद, असमानता र अन्यायका साथै नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताउनुभयाे।
देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिका सबैभन्दा ठूलो भएको वरिष्ठ नेता नेपालले बताएका छन् । प्रदेशको आवश्यकता र जनताको चाहनालाई देशका तीनवटै नेताले राम्ररी बुझेकाले प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमको अध्यक्षता गरेका नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले बताउनुभयाे ।
नेकपाको एकीकरण र सरकारको गठन भएपछि नेकपाको प्रदेश समितिद्वारा पहिलोपटक आम सभाको आयोजना गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।