शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा पृथकतावादी आन्दोलन समाप्त भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पार्नुभयो । उहाँले सिके राउत मूलधारको राजनीतिमा आएसँगै देशमा पृथकतावादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको बताउनुभयो ।
सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, ‘पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा आउनु र ल्याउन देशको सुशासन र विकासका लागि सफलता नभए के हो ?’
प्रधानमन्त्री ओलीले सिके राउत मूलधारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गर्नुभयो । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सिके राउत मूलधारको राजनीतिमा आउँदा केही मान्छे छटपटाएको उल्लेख गर्दैै त्यसलाई मान्छेसँग रिसाएको बिरालोले खाँबो चिथोरेको घटनासँग पनि तुलना गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।