शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमतसंग्रहका लागि कहिल्यै पनि सहमति नगरेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले कसैले जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने प्रचार गर्नु गलत हुने बताउनुभयो ।
सीके राउत आफैले पनि उनको आधिकारीक ट्विटर ह्याण्डलमा जनमत संग्रहका लागि सरकार तयार भएकाले सहमति गरिएको भन्ने कुरा उल्लेख गरेकाले सहमतिमाथि संशय उब्जिएको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।
सीके राउतले सरकारसँग भएको सहमतिलाई जनमत संग्रह नै भनेर उल्लेख गरेको भए सहमतिको विरुद्ध हुने भन्दै फेरि पुरानै परिस्थिति उत्पन्न हुने गृहमन्त्री थापाले बताउनुभयो ।
अब सरकारसँग भएको सहमति अनुरुप सीके राउत संयोजक रहेको स्वतन्त्र मधेस गठबन्धनको नाम पनि परिवर्तन हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
‘अब उनीहरुले आफ्नो समूहको नाम परिवर्तन गर्न सक्छन् । कानूनी रुपले त्यो नाम राखिरहन मिल्दैन । पछि परिवर्तन गर्नेछन् । सरकारसँग गरेको सहमतिले यसमा स्पष्ट व्यवस्था गरेको छ,’ गृहमन्त्री थापाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।