अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
काठमाण्डाै – मह सञ्चारले निर्माण गरेको चलचित्र दालभात तरकारीको शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजनाका बीच गीत सार्वजनिक गरिएको हो ।
दालभात तरकारी बोलको गीतमा गायक राजेश पायल राई र स्मिता दाहालको आवाज रहेको छ । गीतको शब्द हाँस्यकलाकार हरिवंश आचार्यले लेखेका हुन् भने संगीत संगीतकार शम्भुजित बासकोटाले संगीत भरेका छन् ।
प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।
कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गीत नयाँ फ्लेवरको भएका कारण पनि दर्शकको मनमा सजिलै बस्ने विस्वास व्यक्त गरे । हास्यकलाकार हरिवंश आचार्यले चलचित्रमा समावेश तीनै गीत अमेरिकामा रहँदा लेखेको बताए । उनले अघिल्लो गीतलाई जस्तै चलचित्रको शीर्ष गीतलाई पनि साथ दिन दर्शकलाई आग्रह गरे ।
यस्तै वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले पछिल्लो समय गीत संगीतमा निकै उत्कृष्ट पुष्ताको जन्म भएका कारण आफूलाई गीतको संगीतमा चुनौती भएको बताए । चुनौतीलाई अवसरमा परिणत गर्दै आफूले सक्ने मेहनत गरेका संगीतकार बास्काेटाको भनाइ थियो ।
नयाँ गीत सार्वजनिक कार्यक्रममा चलचित्रमा समावेश पहिलो गीत 'भिजिट भिसामा'लाई एक करोडभन्दा बढी पटक हेरिएको उपलक्ष्यमा सेलिब्रेशन पनि राखिएको थियो ।
गीतलाई एक करोड भ्यूज मिलेको खुशीमा लड्डु फुटाएर सेलिब्रेशन गरिएको थियो । महस ञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दालभात तरकारीका प्रस्तुतकर्ता किरण केसी हुन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसी गायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दीर्घ गुरुंङको छायाकंन रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमालाई रमिला आचार्य, यमनश्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर वाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले चलचित्रमा लगानी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।