टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको महत्वपूर्ण टेस्ट एसेज श्रृंखला हो । अगस्ट महिनामा हुने एसेजमा यस वर्षदेखि खेलाडीले लगाउने जर्सीमा नाम र नम्बर पनि राखिने भएको छ ।
टेस्ट क्रिकेटमा खेलाडीको टी–शर्टमा नाम र नम्बर लेख्न लागिएको पहिलो पटक हो । टेस्ट क्रिकेटको १४२ वर्षको इतिहासमा अहिलेसम्म सेतो जर्सीमा क्रिकेट खेल्दै आएका छन् । यसैगरी एक दिवसीय र टी–२० मा मात्र खेलाडीले रंगीचंगी जर्सी लगाउँदै आएका छन् । इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको एसेज श्रृंखला अगस्ट १ तारिखदेखि शुरु हुँदैछ ।
१८८२ देखि अस्ट्रेलिया र इंग्ल्याण्डका बीचमा एसेज श्रृंखला सुरु भएका थियो । २०१७ को एसेज अस्ट्रेलियाले जितेको थियो । तर यसवर्ष हुने एसेज भने आईसीसीको टेस्ट च्याम्पियनसिपको रुपमा खेलिने छ । अहिले खेलाडीको जर्सीमा प्रयोग गरिने नाम र नम्बर एसेजका लागि मात्रै भएको जनाइएको छ ।
पछिल्लो समय टेस्ट क्रिकेटको क्रेज घट्न थालेपछि आईसीसीले यसको क्रेज बढाउन विभिन्न उपायहरु खोजि गरिरहेको छ । जस अनुसार आईसीसीमा टेस्ट क्रिकेटमा पनि एक दिवसीय र टी–२० मा जस्तै ‘नो बल’ मा पनि ‘फ्री हिट’ दिन पनि सुझाव दिइएको छ । तर यो नियम अझै कार्यान्वयनमा भने आएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।