शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले सम्हाल्नुभएको छ ।
महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हाल्नुभएको राजपाले जनाएको छ । चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ ।
तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउनुहुने छैन । २०७४ साल वैशाख ७ गते विभिन्न दल मिलेर बनेको राजपाको नेतृत्व यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवले गरिसक्नुभएको छ ।
गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Basudev Regmi 'saptarangi'
March 20, 2019, 11:33 a.m.राजपालाई विभिन्न आरोप प्रतिआरोप लाग्दै आएका छन् । जस्तै : टुटफूट, सत्ता लिप्न, नेतृत्वको होडवाजी आदी, भण्डारी ज्यू तपाईकै नेतृत्वमा महाधिबेशन सम्पन्न होस् र पार्टिमा छ वटा अध्यक्ष हैन एउटा शक्तिशाली र नेतृत्व क्षेमतावान व्यक्तिको आगमन होस् । जुन सबै जनाताका समश्याहरु सरल र सहज ढङ्गले समाधान गर्न सकोस् र सबै नेपाली जनतालाई एउटैमालामा गाष्न सकोस् । नेपालको अहिलेको राष्ट्रिय गान जस्तै । सफल कार्यकालको शूभकामना