शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा पुनः वकालत गर्नु भएको छ ।
कांग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सार्नुभयो । बुधबार कांग्रेसको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले धेरैजसो हिन्दू धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको मागअनुसार आफूले हिन्दुूराज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पार्नुभयो ।
राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले आफ्नो पार्टी नागरिकले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताउनुभयो
फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवासँग दबाब दिनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता पनि औंँल्याउनुभयो । कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी नचनमा पनि कांग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ ।
महामन्त्री कोइरालाले पार्टी भित्रको एकताको पक्षमा आफूले पहल गर्दै आएको पनि स्मरण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
PBK PAUL
March 20, 2019, 4:27 p.m.Wahoo ! Is this son of BP ? Amazing ,he is not leader but he wants to be a leader but with autocracy wive. If this man is the true leader he fights for multiparty,multi religion,multi concepts .May be this man has empty brain either he is sold for something .He has not found any others way for politics so that he is getting this motto which is leading him to vanish.