शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - संघीय संसदको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधानका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएको छ ।
विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले मेलम्चीको खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधानका लागि आवश्यक पहल गर्न सरोकारवाला निकायलाई पनि आग्रह गर्नुभयो । शुक्रबार काठमाण्डौमा आयोजित ‘नेपालमा पानी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई पनि सचेत गराउनु भयो ।
शुद्ध पानी पिउने काठमाण्डौ उपत्यकाबासीको अधिकारलाई पूरा गर्न पनि सो आयोजना सम्पन्न गर्ने काममा ढिलाई गर्न नहुने सभापति खड्काको भनाइ छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले काम पूरा नगरी छोडेर गएपछि आयोजनाको बाँकी काम अलपत्र परेको छ ।
समितिकी सभापति खड्काले सो आयोजनामा देखिएको समस्या तत्काल समाधान गर्न सबै पक्षले पहलकदमी लिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
सभापति खड्काले भूक्षय नै हुने गरी जथाभावी ढंगले विकास निर्माणको काम अघि नबढाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले ठूला आयोजना निर्माणको नाममा सरकारले नै बाढी, पहिरो आउने गरी विकास निर्माणको कामलाई अघि बढाएकोमा आपत्ति पनि जनाउनु भयो ।
सभापति खड्काले पहिरोजस्ता प्राकृतिक विपत्ति आउन नदिने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।