विप्लव समूहलाई विध्वंसात्मक गतिविधि नगर भन्दा चित्त दुखाउनेहरु छन् : प्रधानमन्त्री ओली

 चैत ८, २०७५ शुक्रबार १४:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताउनुभएको छ ।

भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताउनुभएको हो ।

‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्’, नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्थानीय तहका एकता पनि आकिस्मक रुपमा नै टुंगिनेछ ।’

सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताउनुभयो । ‘तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन् ।’

प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले शुक्रबार नै विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन दिनुभएको छ ।


 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया