नेपाल चलचित्र कलाकार संघको अध्यक्ष बन्ने दौडमा संग्रौला र लामिछाने

 चैत ८, २०७५ शुक्रबार १८:४४:४० | मनोज दाहाल
unn.prixa.net

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघको यही चैत्र २३ गते हुने निर्वाचनका लागि कलाकार लय संग्रौला र सरिता लामिछानेले उम्मेद्वारी घोषणा गरेका छन् । 

केही दिनअघि फेसबुक स्टाटसमार्फत आफ्नो उमेद्वारी घोषणा गरेका लयले प्रेस विज्ञप्तिमार्फत आधिकारिक रुपमा संघको अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । 

उनले उमेद्वारी घोषणा गरेको प्रेस विज्ञप्तिमा स्वर्गीय रामकेशर बोगटीसँग प्रतिस्पर्धामा अध्यक्ष पदमा पराजित भएको कुरा स्मरण गर्दै बोगटीले राम्रा काम गरेको र उनले अघि सारेका राम्रा कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले स्व.रामकेशर बोगटीले अघि सारेको संघको भवन निर्माण कार्य एक वर्षभित्र पूरा गराइ संघलाई भाडा नतिर्ने अवस्थामा पुर्‍याउने, स्व. रामकेशरले अघि बढाएको कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि गर्ने बताएका छन् ।

कलाकारहरुलाई एकताबद्ध बनाउँदै संघको गरिमा र कलाकारको व्यावसायिकतातर्फ संघले गर्नुपर्ने सबै कार्यका लागि तत्पर रहने संग्रौलाले बताएका छन् ।

यस्तै कलाकार प्राविधिक तथा निर्माताहरुको लगानीलाई सुरक्षित पार्ने अभियानमा अग्रसर रहने, कलाकारहरुलाई विभाजित मानसिकताबाट मुक्त गराई विशुद्ध कलाकार संघ बनाउने, कलाकार तथा प्राविधिकहरुको जीवन सुरक्षाका लागि जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्नुका साथै कलाकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउने र योजना कार्यान्वयन गर्न सक्रियतापूर्वक पहल गर्ने संग्रौलाको एजेण्डामा उल्लेख गरिएको छ । 

यस्तै, त्यसै पदका लागि कलाकार सरिता लामिछानेले पनि उम्मेदवारी घोषणा गरेकी छिन् । लामिछाने नेपाल चलचित्र कलकार संघको महासचिवसमेत हुन् ।

झण्डै २ दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय लामिछाने यसअघि पनि संघको विभिन्न कार्यसमितिमा बस्दै आएकी हुन् । उनी नेपाल चलचित्र कलाकार संघको ३० वर्षे इतिहासमा पहिलो महिला महासचिव हुन् । कलाकार संघको अध्यक्ष बनेर कलाकारको अधिकारको लागि लड्ने उनको योजना छ । 

नेपालको परिवेशमा कलाकारिता क्षेत्रमा धेरै चुनौतीहरु छन् । त्यसमा पनि महिलाको केश छुट्टै छ । ‘अझै पनि नेपाली सामाजमा कलाकरिता क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । यी सबै कुराहरुको अध्ययनपश्चात नै मैले अध्यक्षका निम्ति उम्मेद्वारी दिने निर्णय गरेकी हूँ’, सरिता लामिछानेको भनाइ छ । 

नेपाल चलचित्र कलकार संघका अध्यक्ष रामकेशर बोगटीको रुखले थिचेर मृत्यु भएको थियो । उनको मृत्युपश्चात कलाकार संघको अध्यक्ष पद रिक्त रहँदै आएको छ । 


 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया