टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्य समूह एसडीएफले इस्लामिक स्टेटमाथि विजय भएको घोषणा गरेको छ ।
पूर्वी सिरियाको बघाजमा कब्जा जमाएर बसेका इस्लामिक स्टेटको अन्तिम पकड क्षेत्रमाथि पनि विजय गरेपछि त्यो क्षेत्र स्वतन्त्र भएको बताइएको छ । केही दिन अगाडि त्यहाँ खटिएका अमेरिकी प्रजातान्त्रिक सैन्यले त्यहाँका आईएस क्याम्पहरुलाई विष्फोट गराएर लडाकुहरुलाई पक्राउ गरेकाे थियो ।
त्यसपछि आईएसले अतिक्रमण गरेर बसालेको उनीहरुको भूभागमाथि प्रजातान्त्रिक अमेरिकी सैन्यहरुले विजयको झण्डा फहराएका छन् । सिरियाली प्रजातान्त्रिक सैन्य समूह एसडीएफका प्रवक्ता मुस्तफा बालीले भने, ‘बघाज स्वतन्त्र भइसकेको छ र सैन्य जित भिएको छ ।’
उनले थपे, उनीहरुले बनाएको आतंककारी भूभाग फैलिदै सिरियाका अन्य भूभाग र छिमेकी इराकमा पनि फैलिसकेको थियो । त्यस्ता अतिवादी समूहलाई पूर्णतया नसिद्धयाउनसम्म युद्ध गर्नुपर्ने हुन्छ ।
साढे चार वर्षदेखि अतिवादी समूहको विरुद्ध लडिरहेको सैन्य शक्तिले सन् २०१४ बाट प्रमुख शहरसहित बेलायतजत्रो क्षेत्रफलमा शासन गरिरहेको यो समूहलाई परास्त गरेको छ ।
एसडीएफले सिरियाका तथा इराकका विभिन्न भूभागहरुमा धेरैसमय नियन्त्रण भने गर्दैन तर यी देशहरुमा आक्रमण गर्नको लागि विभिन्न सर्जिकल कार्यहरु गर्ने गरेको छ । यस्तै यसले इजिप्टको सिनाइ प्रायद्वीप र अफगानिस्तानलगायत अन्य देशहरुमा आफ्नो सम्बन्ध व्यवस्थापन गर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।