सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश लिनु भएको छ ।
२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएका प्रमुख निर्वाचन आयुक्त यादवले आइतबारबाट अवकाश पाउनु भएको हो ।
यादवलाई कान्तिपथमा रहेकाे निर्वाचन आयोगकाे कार्यालयमा आइतबार कार्यक्रम गरेर बिदाइ गरिएको छ । बिदाइ समारोहमा अवकाशप्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले लोकतन्त्रको सबलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गर्नु भयो ।
अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गर्नुभयो । आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उहाँको तर्क छ ।
यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादव सफल हुनु भएको थियो ।
उहाँले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाउनु भएको थियो । निर्वाचन आयोगको नेतृत्वको रुपमा सफल हुनु भएका यादवको पहिलोभन्दा दोस्रो कार्यकाललाई सफल मानिन्छ ।
यादवको अवकाशसँगै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्नु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।