सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - संघीय संसदको तेश्रो अधिवेशन आइतबार रातिबाट समाप्त हुँदैछ ।
आइतबारको प्रतिनिधिसभामा सभामुख कृष्ण बहादुर महराले तेश्रो अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयाे ।
पुस ११ गते सुरु भएको यस अधिवेशन अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ वटा बैठक बसेका छन् । अधिवेशनमा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा ८ वटा विधेयकहरु बैठकमा अझै प्रस्तुत हुन सकेका छैनन् ।
७ वटा विधेयक विषयगत समितिहरुमा विचाराधीन छन् । ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक, २०७५’ माथि राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त भएको जानकारी सभामा टेबुल भएको छ र अन्य ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेका छन् ।
साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका र २ वटा विधेयक समितिमा विचाराधीन छन् ।
‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो ।
अधिवेशनमा सडक सुरक्षा, स्वास्थ्य बिमा र छाउपडी विरुद्धका कानुन कार्यान्वनको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भए ।
यस अधिवेशनमा प्रधानन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम पनि सुरु भएको थियो । साथै विभिन्न मन्त्रालयका बारेमा सम्बन्धित मन्त्रीसँग सांसदहरु प्रश्नोत्तर कार्यक्रममा सहभागी भए ।
त्यसैगरी यसअधिवेशनमा विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।