चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहाटाए सरकारको कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

 चैत १२, २०७५ मंगलबार ९:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा उसले केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । 

आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध चैतभित्र नहटाएमा तथा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आमहड्तालको तयारी गर्ने पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

पक्राउ परेका आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै उसले चैत १३ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । 

चैत १३ गते पहिलो दिन देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मसाल जुलुस गर्ने उल्लेख छ । यस्तै चैत १६ गते शनिबार नेपाल बन्द गर्ने, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बन्द गर्नु आफूहरुको चाहना नभई सरकारी दमनकाविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले लगानी सम्मेलन गर्न लागेकै बेला विप्लवले बन्दकाे आह्वान गरेको हाे । 

सरकारले २८ फागुनमा विप्लव नेतृत्वका नेकपाको क्रियाकलापमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध घोषणापछि मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहितका नेताहरु पक्राउ परेका छन् ।

सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र विप्लव समूहको गतिविधिलाई नियन्त्रणमा लिने घोषणा गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया