अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
बलिउडको प्रतिष्ठित अवार्ड कार्यक्रमहरुमध्येको एक फिल्म फेयर अवार्डस् २०१९ हालै सम्पन्न भएको छ ।
यस वर्ष अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् । अभिनेत्री दीपिका पादुकोण पनि फिल्म ‘पद्मावत’ बाट नोमिनेशनमा परेकी थिइन् । तर उनले अवार्ड भने जित्न सकिनन् ।
आलियाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा दीपिकाले पनि आलियाको खुशीमा साथ दिएकी थिइन् । तर दीपिका पादुकोणका फ्यानहरु भने निरास भएका छन् ।
आलिया भट्टका कारण दीपिका पादुकोणले फिल्मफेयर अवार्ड हार्नु परेपछि दीपिकाका फ्यानहरुले आफ्नो असन्तुष्टि सामाजिक संजालमा पोखेका छन् । जसरी अभिनेता रणवीर सिंह र आयुष्मान खुराना दुवैलाई उत्कृष्ट अभिनेता (क्रिटिक्स) को अवार्ड दिइयो, त्यो नियम उत्कृष्ट अभिनेत्रीको अवार्ड दिने क्रममा दीपिका र आलियाको लागि प्रयोग नभएको आरोप उनीहरुले लगाएका छन् । साथै दीपिका पादुकोणमाथि अन्याय भएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
यी सबै कुराबारे थाहा पाएपछि अभिनेत्री दीपिका पादुकोणले आफ्ना फ्यानहरुको रिस शान्त पार्ने कोशिश गरेकी छिन् । दीपिकाले सामाजिक सञ्जालमा उनका फ्यानले गरेको पोष्टमा कमेन्ट गर्दै भनेकी छिन्, ‘मेरा सम्पूर्ण फ्यानहरुसँग म माफी माग्न चाहन्छु । मैले तपाइँहरु सम्पूर्णलाई निरास बनाएँ । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु कि आगामी दिनहरुमा म अझै कडा मेहनत गर्नेछु ।’
दीपिका पादुकोणले हिजो मात्रै उनको आगामी फिल्म ‘छपाक’ को फर्स्टलूक सार्वजनिक गरेकी छिन् । यस फिल्ममा उनले एसिड आक्रमणपीडित भारतीय युवती लक्ष्मी अग्रवालमो भूमिका निर्वाह गर्नेछिन् ।
दीपिकाको यस फिल्ममा रहेको फर्स्टलूक सार्वजनिक भएसँगै उनका फ्यानहरुसँगै बलिउडकर्मीले पनि उनको प्रशंशा गरिरहेका छन् । मेघना गुल्जारको निर्देशन रहने यस फिल्मको छायांकन साेमबारबाटै सुरु भएको छ भने यो फिल्म जनवरी, २०२० मा रिलिज हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।