अनमोल केसी र जान्हवी कपूरलाई लिएर बलिउड चलचित्र बनाउने सुरमा निर्देशक पेमा

 चैत १३, २०७५ बुधबार १३:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र क्याप्टेन प्रदर्शन भइरहेका बेला अभिनेता अनमोल केसीलाई एक बलिउड चलचित्रका लागि अफर आएको छ ।

चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’का निर्देशक पेमा धोन्डुपले अभिनेता अनमोल केसीलाई बलिउड चलचित्रका लागि अफर गरेका हुन् ।

अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ प्रदर्शनको संघारमा छ । त्यसपछि भने अनमोलको हातमा कुनै चलचित्र छैनन् । धेरै निर्देशक निर्माताहरुले उनलाई अफर गरिरहेको भए पनि कुनै चलचित्रमा काम गर्ने निर्णय भने अनमोलले गरेका छैनन् । उनी केही सयम ग्याप गरेर मात्र चलचित्र गर्ने मनस्थितिमा रहेको बताइन्छ ।

बलिउड चलचित्रका लागि अफर आए पनि अनमोलले भने त्यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । श्रोतका अनुसार उनले चलचित्रको कन्सेप्ट भने सुनिसकेका छन् । त्यस चलचित्रमा अनमोलले काम गर्ने पक्का भए निर्देशक पेमा उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूरलाई अफर गर्ने सोचमा रहेको बताइएको छ । त्यस चलचित्रमा बलिउड अभिनेता गुलशन ग्रोवरको पनि अभिनय रहनेछ । 

त्यस चलचित्रमा काम गर्न तयार भए अनमोललाई ७० देखि ८० लाख रुपैयाँसम्म पारिश्रमिक दिन निर्माण टिम तयार देखिएको छ । अनमोललाई यसअघि पनि एक बलिउड चलचित्रमा अफर आएको थियो । त्यस चलचित्रमा अनमोलले लिखित सम्झौता समेत गरेको बताइएको थियो । तर, हालसम्म पनि त्यस चलचित्रको सम्भावना नरहेको बताइन्छ । अनमोल पनि त्यस कुरामा मौन देखिएका छन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया