अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ – शहीद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका नायक हुन् । २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन् ।
तर, शुक्रराज गीतकार पनि हुन् भन्ने कतिलाई थाहा छ ?
गीतकारका रुपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टाका रुपमा प्रस्तुत गरेका थिए ।
उनका गीतका शब्दमात् यो कालखण्डताका पनि नारीप्रतिको सम्मान झल्कन्छ ।
गीतको शब्दले भन्छ–
‘न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो’
त्यसैगरी यो गीतलाई स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन् पहिलो नेपाली गायिका मेलवादेवी । चन्द्र शमशेरको दरबारमा गायिकाको रुपमा सेवारत मेलवादेवीका भोगाइहरु अहिले पनि दन्त्यकथाजस्तै नेपाली समाजले सुन्दै आएको छ । चन्द्र शमशेरको प्रिय हुँदाहुँदै पनि एक संगीतकर्मीकै प्रेममा दरबार छाडेकी मेलवादेवीले कालान्तरमा नेपाल छाडेर प्रवासमै जीवन बिताइन् ।
संगीतकर्मीहरुका अनुसार त्यो बेलाको गायकीका हिसाबले मेलवादेवीलाई दक्षिण एसियाली स्तरमा राखेर तुलना गर्न सकिन्छ । त्यति उच्चस्तरकी गायिका थिइन् उनी ।
ओखलढुङ्गाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउन सक्ने अद्भूत कला विकास गरेकी थिइन् । गीतको बीचबीचमा उनले लिने गरेका छोटा तानहरु अहिले सुन्दा पनि गजबको लाग्छन् ।
उनका रेकर्ड भएका गीतमध्येमा ‘सवारी मेरो रेलैमा’ बढी चर्चित छ । अर्को गीतहो– ‘न घरलाई घर कहिन्छ।’ रेकर्ड भइसके तापनि हिजोआज दुर्लभ भइसकेको शुक्रराज शास्त्री र मेलवादेवीको यो गीतलाई पलेँटी श्रृंखलाले अब आमश्रोताहरुको निम्ति युट्यूबमा राखेको छ ।
यस गीतलाई गएको महिनाको पलेँटी श्रृंखलामा गायिका मिनाले गाएकी थिइन् । मिनाको आवाजमा यो गीतले मेलवादेवीकै झलक आउनेगरी गहनता पाएको प्रतिक्रिया श्रोताहरुले दिएका थिए । ‘त्यसैलाई मननगर्दै पलेँटी श्रृंखलाले यो गीत युट्यूबमा सार्वजनिक गर्ने निधो गरेको हो’, पलेँटीका संयोजक आभास भन्छन्, ‘गीत मेलवादेवी प्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ ।’ गायक तथा संगीतकार आभासका अनुसार त्यस अवसरमा मिनाले गाएको सबै जसो महानगायिकाहरुका गीतलाई क्रमशः युट्यूबमा सार्वजनिक गर्ने योजना पलेँटी श्रृंखलाले राखेको छ ।
झण्डै १३ वर्षदेखि चल्दै आएको पलेँटी बीचमा केही समय बन्द भएपछि गएको महिनायता ‘थिम’मा आधारित भएर निरन्तरता पाउन थालेको छ । गएको महिना यसले नेपालका महिला स्वरहरुको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो ।
यसपाला भने अंग्रेजी महिनाको अन्तिम साता अर्थात् यही साता तीन दिनसम्मै पलेँटीले यसकै संयोजक गायक आभाषको गायनयात्रालाई प्रस्तुत गर्नेभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।