फ्राइडे रिलिज : ‘शुभ लभ’ र ‘साँइली’ प्रदर्शनमा

 चैत १५, २०७५ शुक्रबार १३:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि २ वटा चलचित्रहरु प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्रहरु हुन्, ‘शुभ लभ’ र ‘साँइली’ । चलचित्र ‘शुभ लभ’ युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ भने चलचित्र ‘साँइली’ गायक हेमन्त रानाको सुपरहिट गीत ‘साँइली’ का कारण चर्चामा छ ।

चलचित्र ‘शुभ लभ’ लाई निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रका २ वटा गीतलाई दर्शकले रुचाएका छन् । चलचित्रको ट्रेलरले पनि सकारात्मक टिप्पणी आइरहेका छन् । चलचित्र ‘शुभ लभ’ मा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा युवा ज्योतिष हरिहर अधिकारीसँगै कृष्टिन पौडेल, राजा राजेन्द्र पोखरेल, डाक्टर सूर्या थापा, नम्रता सिम्खडा लगायतको अभिनय रहेको छ भने सरोज खनाल, राजाराम पौडेल, रवीन्द्र झालगायतका कलाकारहरुको अभिनयले चलचित्रलाई थप मजबुत बनाएको छ । 

चलचित्रको कथा युवा ज्योतिष हरिहर अधिकारीले नै लेखेका हुन् । चलचित्र ‘शुभ लभ’का प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्र ‘शुभ लभ’ मा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

अर्काे चलचित्र ‘साँइली’ ले पैसाको अभावले परिवारमा आउने उतार चढावको कथा उठान गरेको छ । गायक हेमन्त रानाको सुपरहिट गीत ‘साइली’ को नाम सापटी लिएर चलचित्रको निर्माण गरिएको हो ।

चलचित्रले वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ । ‘साँइली’ को निर्देशन रामबाबु गुरुङले गरेका हुन् । चलचित्रको निर्माण भने गायक हेमन्त राना र गौरव पहारीले संयुक्त रुपमा गरेका हुन् । जीएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईका साथै माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । चलचित्र ‘साँइली’ को कथा गीतको भिडियोमा देखाइएको कथाभन्दा केही फरक भएको बताइएको छ । 

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा विजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको संगीत रहेको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया