चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानले कब्जा गरेको कश्मीर(पीओके)मा मोहम्मद मकबुल बट्ट नाम गरेको एक आतङ्कवादीले विध्वंसकारी व्रिmयाकलापहरू गर्न एउटा आतङ्कवादी सङ्गठन राष्ट्रिय मुक्ति मोर्चा(नेसनल लिबरेसन फ्रन्ट)को गठन गर्यो ।
मोर्चाले भारतबाट जम्मु र कश्मीरको मुक्तिका लागि अलफतह नामको आन्दोलन सुरु गर्यो र आफ्ना धेरै सदस्यहरूलाई विध्वंसात्मक क्रियाकलापका लागि त्यहाँ पठायो । गुप्तचर एजेन्सीहरूको सहयोगले जम्मु कश्मीर पुलिसले उनीहरूका ३६ जना सदस्यहरूलाई पक्राउ गर्यो ।
यस आन्दोलनबारे भित्री जानकारी हासिल गर्न ‘रअ’ले हासिम कुरैसी नामको आफ्नो गुप्तचरलाई घुसपैठ गराउने निर्णय लियो किनकि ऊ पाकिस्तानले कब्जा गरेको भूभागबारे र उसको गुप्तचर क्रियाकलापबारे पनि जानकार थियो । तर कार्यस्थलमा पुगेपछि उसले आफ्नो इमानदारिता परिवर्तन गर्यो र पाकिस्तानी गुप्तचर व्रिmयाकलापका लागि काम गर्ने भयो । कुरैसी आफैले स्वीकार गरेको थियो। उसलाई मकबुल बट्टको निर्देशनमा पाकिस्तानले कब्जा गरेको कश्मीरमा आईएसआईका गुप्तचरहरूले तालिम दिएका थिए । उसलाई पाकिस्तानको पूर्वपाइलटले विमान अपहरणको तालिम दिए ।
पाकिस्तानी गुप्तचर संस्थाले जनवरी १९७१ को मध्यतिर कुरैसीलाई जम्मु र कश्मीरमा पठायो र त्यसैबेला सीमा पार गर्ने बेलामा उसलाई बीएसएफले पक्राउ गर्यो । भारतीय गुप्तचर एजेन्सीहरूले सोधपुछ गर्दा उसले सबै भेद खोल्यो र आफूलाई पाकिस्तानी गुप्तचर संस्थाले श्रीनगर विमानस्थलबाट भारतीय जहाज अपहरण गर्न पठाएको कुरा बतायो ।
उसले इन्डियन एयरलाइन्समा कार्यरत तत्कालीन प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीका छोरा राजीव गान्धी पाइलट भएर उडाएको जहाज अपहरण गर्नुपर्ने थियो । यसबारे जानकारी पाएपछि काओले पाकिस्तानी गुप्तचर संस्थालाई उनीहरूकै खेलमा परास्त गर्न विमान अपहरणको प्रतियोजना (काउन्टरप्लान) बनाए । यस योजनालाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले स्वीकृत गरिन् ।
‘रअ’ र बीएसएफले हासिम कुरैसीलाई भारतीय अधिकारीहरूबाट लाग्ने अभियोगबाट बच्न आफ्ना लागि काम गर्न फकाए । उनी फकिए पनि । कुरैसीलाई श्रीनगर विमानस्थलबाट इन्डियन एयरलाइन्सको जहाज अपरहरण लाहोर लैजान दिने र उनले त्यहाँ पुगेर विमानमा सवार यात्रुहरूको जीवनको सट्टामा भारतका जेलहरूमा कैद रहेका अलफतहका ३६ जना सदस्यहरूको रिहाई माग गराउने गरी एउटा योजना गरियो ।
आफूलाई त्यसताकाका पाकिस्तानमा भइरहेको राजनैतिक सङ्कटका प्रमुख रचयिता जुलफिकर अली भुट्टोसँग कुरा गर्न नदिउन्जेलसम्म विमानको नियन्त्रण पाकिस्तानी अधिकारीहरूलाई नदिन उनलाई निर्देशन दिइयो । कुरैसीले भुट्टोसँग भेट गरिसकेपछि सो जहाज उडाउने योजना पनि काओले बनाए । यसो गर्दा पाकिस्तानी अधिकारीहरूका आँखामा कुरैसीलाई जेलमा रहेका अलफतहका सदस्यहरूप्रति काम गरेको देखाउन सकिन्थ्यो । यस अपरेसनलाई अति गोपनीय राख्न अन्तिम योजनाले अन्तिम रूप नलिउन्जेल कुरैसीलाई बेङ्गलोरस्थित ‘रअ’को सुरक्षित भवनमा पुर्याइयो । यो कुरा जम्मू-कश्मीर सरकार तथा अन्य गुप्तचर संस्थाहरूलाई समेत जानकारी गराइएन ।
योजनालाई अन्तिम रूप दिइसकेपछि जनवरी ३०, १९७१ का दिन हासिम कुरैसीलाई उनकै नातेदार असरफ कुरैसीको सहयोगमा श्रीनगर विमानस्थलबाट इन्डियन एयरलाइन्सको फोकर मित्रता विमान गङ्गालाई २६ जना यात्रुहरूसहित अपहरण गर्न लगाइयो र विमानका पाइलट क्याप्टेन कच्रुलाई लाहोर विमानस्थलमा लैजान दबाब दिइयो । ‘रअ’ले उनलाई एउटा ग्रिनेड र खेलौना पेस्तोल लैजान दियो । लाहोर विमानस्थलका पाकिस्तानी अधिकारीहरूले विमानलाई पाक नियन्त्रित कश्मीरका राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ता लडाकुहरूले अपहरण गरेको भनी जानकारी दिएपछि विमान ओर्लन दिए ।
अल इन्डिया रेडियोले तुरुन्तै यस अपहरणको खबर प्रसारण गर्यो र सम्पूर्ण विश्वले यो अपहरणका पछि पाकिस्तानी सरकारको हात रहेको थाहा पायो । कुरैसीले ‘रअ’ले निर्देशन गरेअनुसार यात्रुहरूको जीवनरक्षाको बदलामा भारत सरकारको नियन्त्रणमा रहेका ३६ जना अलफतहका सदस्यहरूको रिहाइको माग गरे र पाकिस्तानी अधिकारीहरूलाई भुट्टोसँग विमानस्थलमा भेट गर्ने व्यवस्था मिलाउन भने । प्रकट रूपमा भारत सरकारले आफ्नो नियन्त्रणमा रहेका ३६ जना अलफतहका सदस्यहरूलाई रिहा गर्न मानेन । पाकिस्तानी अधिकारीहरूले कुरैसीलाई लाहोर विमानस्थलमा खुला रूपमा हिँडडुल गर्न दिए ।
त्यहाँ उसले टेलिफोन प्रयोग गर्यो र पत्रकारहरूसँग भेट गर्यो । अर्को अपहरणकर्ता यात्रुहरूलाई विमानमा रुँगेर बस्यो । भुट्टोले कुरैसीसँग फेब्रुअरी १, १९७१ का दिन भेट गरे र उनीहरूले केही समयका लागि विमान नजिकै कुराकानी गरे । त्यसपछि यात्रुहरूलाई मुक्त गरी विमानलाई ध्वस्त बनाइयो । परस्पर विरोधी रिपोर्टहरू आइरहे तापनि पछि सो विमानलाई पाकिस्तानी गुप्तचरहरूले बमले उडाएको पुष्टि भयो । यही कुरा हासिम कुरैसीले पछि जेलमुक्त भएपछि स्वीकार गरे । सबै यात्रुहरू एवम् चालकदलका सदस्यहरूलाई अमृतसर हुँदै सडकमार्गबाट भारत पठाइयो ।
पाकिस्तानी सरकारले सुरुमा कुरैसीलाई राजनैतिक शरण दिएर स्वतन्त्रता सेनानीको उपाधि दियो । पाकिस्तानका धेरैजसो नेताहरूले यस घटनाको निन्दा गरे तर भुट्टोले भने यस विषयमा केही बोलेनन् । यसबाट सो अपहरण भुट्टोको सहमतिमा पाकिस्तान सरकारले गराएको हो भन्ने भारतले गरेको दाबी पुष्टि भयो । यो ‘रअ’का प्रमुख आर.एन. काओको मास्टरस्ट्रोक योजना थियो, जसले यस अपहरणको अन्तर्राष्ट्रिय भर्त्सना निम्त्यायो । यस परिस्थितिको फाइदा लिँदै भारत सरकारले फेब्रुअरी १९७१ मा आफ्नो आकाशबाट हुने सबै पाकिस्तानी उडानहरूमा प्रतिबन्ध लगायो । साथै पश्चिमी पूर्वी पाकिस्तानका उडानहरू श्रीलङ्का भएर गर्नुपर्ने हुनाले आर्थिक क्षति गराउन सफल भयो ।
केही समयपछि पाकिस्तानी जनसाधारणले अपहरणकर्ताहरू कुनै स्वतन्त्रता आन्दोलनका नभएर भारत सरकारका एजेन्टहरू थिए भन्ने कुरा थाहा पाए । आन्तरिक र बाहिरी दबाबका कारण १९६८ मा रिहा गरिएका शेख अब्दुल्लाहले समेत अपहरणकर्ताहरूलाई भारतीय एजेन्ट भएको दोष लगाए । यसपछि पाकिस्तान सरकारले एउटा जाँचबुझ आयोग गठन गर्यो । सो आयोगले विमान अपहरणको काण्ड भारतीय गुप्तचर एजेन्सीहरूले गरेका शृङ्खलाबद्ध कार्बाहीहरूमध्येको पराकाष्ठा भएको निष्कर्ष निकाल्यो ।
भारतीय आकाशमाथि पाकिस्तानी विमानहरूको उडानमा प्रतिबन्ध लगाइएपछि पूर्वी पाकिस्तानमा मुजिबको आन्दोलनलाई दमन गर्न हवाइ मार्गबाट सैनिकहरू पठाउने याह्या खानको योजनालाई बाधा गर्यो । पछि अमेरिकी सरकारले गोपनीय रूपमा श्रीलङ्का र हिमालय श्रेणी हुँदै हवाइ मार्गबाट सैनिक ओसार्न पाकिस्तानलाई मद्दत गर्यो ।
यो १९७१ को बङ्गलादेशको मुक्ति युद्धका लागि ‘रअ’को मास्टर स्ट्रोक थियो । तर यो कुरा पाकिस्तान सरकारले बुझ्न सकेको थिएन । उसले हासिम कुरैसी अल¬ फतह आतङ्कवादी समूहको सदस्य थिएन भन्ने तथ्य कहिल्यै अस्वीकार गरेन ।
यस अपहरण काण्डमा हासिम कुरैसी र असरफ कुरैसीलाई अन्य चारजनासहित पछि विशेष अदालतमा भारतीय गुप्तचर संस्थाका लागि काम गरेको अभियोग लगाइयो । उसलाई १९ वर्षको कैद सजाय सुनाइयो । १९८० मा जेल मुक्त भएपछि हासिम नेदरल्यान्ड गयो ।
त्यसपछि ‘रअ’का अधिकारीहरूले नेदरल्यान्डस्थित आफ्नो प्रमुखलाई हासिमलाई पत्ता लगाउन निर्देशन दिए । उसलाई तुरुन्तै पत्ता लगाइयो र नेदरल्यान्डमा उसको पुनस्र्थापनाका लागि सबै किसिमको सहयोग प्रदान गरियो । गोपनीय अपरेसनलाई विश्वसनीयता प्रदान नगरेको विषयलाई लिएर ‘रअ’का अधिकारीहरूले डिसेम्बर २००० मा हासिमलाई भारत ल्याए । भारतीय दण्डसंहिताका विभिन्न खण्डहरूअनुसार उसलाई गङ्गा अपहरण काण्डमा गिरफ्तार गरी मुद्दा लगाइयो ।
एउटै काण्डमा दुईटा देशमा सजाय भोगिसकेको भए तापनि ऊ अझै एउटै अभियोगमा श्रीनगर अदालतमा मुद्दा खेपिरहेको छ । ‘रअ’का अधिकारीहरूले अझै पनि हासिमको रेखदेख गरिरहेका छन् । यद्यपि मे २००८ मा ‘रअ’का सचिव अशोक चतुर्वेदीले छोटो अवधिका लागि उसको नियमित क्षतिपूर्ति रोकिदिए ।
तर ‘रअ’का नयाँ सचिवले बितेका तथ्यहरू जाँच गरी क्षतिपूर्ति पुनः चालू गरिदिए । ऊ अहिले जम्मु र कश्मीरको मुख्य धारामा संलग्न छ र कश्मीरी मानिसहरूका लागि कल्याणकारी सामाजिक कार्यमा व्यस्त छ ।
- ‘रअ’का पूर्व अधिकृत आर.के. यादवकाे पुस्तक ‘मिसन रअ’ काे नेपालीमा अनुवाद कुमुद अधिकारीले गर्नु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
यादव भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्व अधिकृत हुन् । उनको ‘मिसन रअ’ र ‘न्यूक्लियर बम्ब इन गङ्गा’ नामक पुस्तक प्रकाशित छन् ।