प्रदीप र जसिता ‘भद्रगोल’ मा

 चैत १६, २०७५ शनिबार ११:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अभिनेता प्रदीप खड्का यतिबेला चलचित्र ‘लभ स्टेशन’ को प्रचारप्रसारमा व्यस्त छन् ।

प्रचारप्रसारकै लागि उनी विभिन्न स्थानहरुमा पुगिरहेका छन् । यसै बीच नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्य टेलिश्रिङ्खला ‘भद्रगोल’ मा पनि चलचित्र ‘लभ स्टेशन’ को प्रचार गर्न चलचित्रका  प्रमुख दुई कलाकार प्रदीप खड्का र जसिता गरुङ पुगेका छन् । उनीहरुले चलचित्र प्रचार प्रसारकै लागि हास्य टेलिशृङ्खला ‘भद्रगोल’ मा अभिनय गरेका हुन् । 

‘भद्रगोल’ मा अभिनेता प्रदीप खड्काले एक रेष्टुरेन्टमा गीत गाउने गायकको भूमिका निर्वाह गरेका छन् । भद्रगोलका निर्देशक तथा लेखकसमेत रहेका कुमार कट्टेल जिग्रीले खोलेको ‘लभ स्टेशन’ रेष्टुरेन्टमा प्रदीप गीत गाउँछन् । अभिनेत्री जसिता प्रदीपकै प्रेमिका हुन्छिन् । उनी आफ्नो मायाजालमा पार्दै ग्राहकलाई रेष्टुरेन्टमा ल्याउने र धेरै बिल उठाउनका लागि हौसाउने गर्छिन् ।  

चलचित्र ‘लभ स्टेशन’ मा पनि प्रदीप गायककै भूमिकामा प्रस्तुत भएको बुझिएको छ । जसिताको भूमिका कस्तो छ भन्ने कुरा थाहा पाउनका लागि भने चैत्र २२ गतेलाई नै कुर्नुपर्ने हुन्छ । पछिल्लो समय हाँस्य टेलिश्रिङ्खला ‘भद्रगोल’ विभिन्न चलचित्र प्रचारप्रसारको गतिलो माध्यम बन्ने गरेको छ । यसअघि पनि विभिन्न चलचित्रहरुको प्रचारप्रसारका लागि चलचित्र निर्माण यूनिट ‘भद्रगोल’ मा देखिने गरेका छन् । 

दुई सय चार भाग पूरा गरेको हाँस्य टेलिश्रिङ्खला ‘भद्रगोल’ युवा पुस्ताबीच निकै लोकप्रिय बन्दै गएको छ । यो हाँस्य टेलिश्रिङ्खलामा अभिनय गर्ने पात्रहरुलाई पनि दर्शकले निकै रुचाउने गरेका छन् ।  
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया