एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डौ – भीआईपी स्कर्टिङमा रहेकाे सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलाेचना भएको छ ।
बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिएको भिडियोमा देखिन्छ ।
सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको हो ।
प्रवक्ता श्रेष्ठले भ्यान ठक्कर दिएर भागेको भन्दा पनि सुरक्षामा खटिएको भ्यान रोक्न नमिल्ने नियम भएको उज्यालाे अनलाइनलाई बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
pratik
April 1, 2019, 2:13 a.m.त्यो गाडीले जसलाई सुरक्षा दिंदैथ्यो, त्यो मान्छेले त्यस्तो के महान काम गरेको छ र ? मानिस मर्न लाग्दा पनि रोक्न नमिल्ने किन ? यो देशले अर्को उपद्रो क्रान्ति खोज्दैछ जस्तो छ, जहाँ यस्ता सबैको हिसाब किताब हुन्छ , जसले नागरिकलाई रुवाएकाछन् /
Narendra
March 31, 2019, 6:29 p.m.भी. आइ. पी. पनि एउटा दुइटा भएपो मान सम्मान गर्न सकिन्थ्यो ! सबै भी. आइ. पी. छन् र पो यसरि ठक्कर दिएर रोक्न नमिल्ने नियम छ भन्दै हिड्न मिलेको छ यहाँ !! अरु देश मा चाँही भी. आइ. पी. सम्बन्धि नियम के छ जान्न पाए हुन्थ्यो बरु !!!
Megh Pd.
March 31, 2019, 7:25 a.m.यस्तो पनि भिआइ पि सुरक्षा हा हा ....
Rupak rayamajhi
March 30, 2019, 10:16 p.m.एम्बुलेन्सलाई चाहिं सवारी छ भनेर रोक्न मिल्छ , अनि त्यो पिछुवा गाडी रोक्न मिल्दैन ?? सर्वसाधारणलाई हान्दा रोक्न नमिल्ने भनेर प्रतिक्रिया आउने गजबको देश रहेछ हाम्रो /
कुशल राई
March 30, 2019, 9:51 p.m.जनताको सुरक्षा चै केही रहेन्छ वास vip को सुरक्षा गरे हुदो रैछ नेपाल मा
Ramesh Shrestha
March 30, 2019, 9:33 p.m.कस्तो सुरक्षा हो यो ?????? मान्छे मार्दै हिंड्ने एकदमै गैर जिम्मेवार तानाशाही भयो /कानुन सानालाई मात्र लागु हुँदो रहेछ स्पष्ट देख्न सकिन्छ /
TIlak acharya
March 30, 2019, 5:18 p.m.दुई तिहाइ ओली सरकार जताततै लुट भ्रष्टाचार बलात्कारको संघिय प्रमाणित गर्छ यसले /
Mr jack
March 31, 2019, 2:09 p.m.Direct oli सरकार लाइ नै भनिदिए को??
Narendra Zocee
March 30, 2019, 4:37 p.m.निकम्मा सशस्त्र प्रहरी, गैर जिम्मेवार स्पष्टोक्ति