सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – बारा र पर्सामा आइतबार राति आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका २७ जनामध्ये २५ जनाको सनाखत भएको छ । गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी ज्यान गुमाएकाको सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिला छन् ।
त्यस्तै बारा र पर्साका ७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेहरुको उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ११६, नेशनल मेडिकल कलेज वीरगञ्जमा १००, गण्डक अस्पताल वीरगञ्जमा २८, वीरगञ्ज हेल्थकेयरमा ३९, एड्भान्स अस्पताल वीरगञ्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगञ्जमा २ जना गरी ३४३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
हावाहुरीका कारण वीरगञ्ज महानगरपालिका १२ गण्डक नजिकै बिजुलीको पोल ढल्दा हेटौँडाबाट वीरगञ्ज गइरहेको ना ६ ख ९३६० नम्बरको बसमा पर्न जाँदा १ जनाको ज्यान जानुका साथै ५ जना घाइते भएको पनि मन्त्रालयले जनाएको छ । बारामा भने घर भत्कँदा मृत्यु र घाइते भएको पनि जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।