सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली हुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । गृह जिल्ला झापामा रहनुभएका प्रधानमन्त्री ओली आजको सबै निर्धारित कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्र पुग्नुभएको हो ।
नेपाली सेनाको स्काई ट्रकमार्फत प्रधानमन्त्री ओली झापाबाट सिमरा विमानस्थलमा ओर्लनु भएको हो । सिमरा विमानस्थलबाट फेरि सेनाको एम आई १७ हेलिकप्टरबाट प्रभावित क्षेत्र पुग्नुहुने जनाइएको छ ।
प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हुनुहुन्छ ।
हुरीका कारण बारा पर्सामा २७ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् भने बाराको फेटा, पर्सौनी, सुवर्ण गाउँपालिकालगायतका स्थानका अधिकांश घरहरु भत्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।