सामाजिक सञ्जाल प्रयोगकर्ताले जथाभावी सूचना प्रवाह गरे कडा कारबाही गरिन्छ : मन्त्री बाँस्काेटा

 चैत १८, २०७५ सोमबार १५:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण गर्नेगरी सरकारले कुनै पनि कानुनी व्यवस्था गर्न नचाहेको बताउनु भएको छ । 

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल कम्पनीहरुलाई नियमनको दायरामा ल्याउन दर्ता गर्नकाे लागि कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो । सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उहाँ सहभागी हुनुहुन्थ्याे ।

छलफलमा बाेल्दै उहाँले सामाजिक मूल्य, मान्यताविपरीत हुनेगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कम्पनीलाई  सरकारले कडा कारबाही गर्ने गरी कानुनी व्यवस्था गर्ने  उल्लेख गर्नुभयो ।

मन्त्री बाँस्कोटाले युरोप र अमेरिकी देशमा पनि सामाजिक मूल्य र मान्यता विपरीतका सूचना प्रवाह गर्ने सामाजिक सञ्जाल कम्पनीलाई कारबाही गर्ने कानुनी व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो ।

सरकारले ल्याएको याे विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कारबाही गर्ने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले यस्ता कम्पनीलाई निययन हुने गरी कानुनी व्यवस्था गर्न लागिएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन् । त्यसैगरी ६० लाख युट्यूब प्रयोगकर्ता तथा ४० लाख ट्विटर प्रयोगकर्ताहरु नेपालमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया