शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको पनि १० महिना बितेको छ ।
गएको जेठ ३ गते राष्ट्रिय सभागृहबाट एकताको घोषणा गर्दै तत्कालीन दुवै दलका अध्यक्षले अबको तीन महिनामा पार्टीको सबै तहमा एकताको काम सक्ने घोषणा गरेका थिए । तर त्यो भनेको १० महिना बितिसक्दा पनि समस्या अझै उस्तै छ । एकताले अझै पूर्णता पाउन सकेको छैन ।
तर अब भने एकताको काम स्थानीय तहसम्म सक्ने गरी नेकपा लागेको छ । केही जिल्लामा टुंगो समेत लागिसकेको छ भने केही लाग्ने क्रममा छ ।
प्रदेश स्तरमा एकताको काम सकिएको छ ।
प्रदेश नम्बर १ र ३ का पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराईसकिएको छ । प्रदेश १ मा चैत ३ गते र प्रदेश ३ मा चैत १४ गते पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पदाधिकारी तथा सदस्यलाई सपथ खुवाईएको हो । त्यस्तै अन्य प्रदेशमा पनि सहमतिको टुंगो लागिसकेको अवस्था छ ।
कर्णाली प्रदेशमा त नेकपाको प्रदेश कमिटीको बैठक नै बसेर एकताको सन्देश गाउँ–गाउँमा पुर्याउने भन्दै एक महिने अभियान नै चलाउने निर्णय गरिसकेको छ ।
अहिलेसम्म एकताको काम हुँदै नभएको होइन । ४४१ केन्द्रीय सदस्य, ९ सदस्यीय सचिवालय केन्द्रमा बनिसकेको छ । गएको जेठमा पार्टी केन्द्रमा एकता भएको नेकपाको भ्रातृ संगठन इञ्जिनियर संगठन गएको साउनमा नै एकता भइसकेको छ ।
प्रोग्रेसिभ इन्जिनियर प्रोफेसनल एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन एकीकरणपछि प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल (पिन) बनेको थियो ।
यस्तै कानुन व्यवसायीहरुको संगठनको पनि एकता टुंगिएको छ । एकताको काम हुँदै नभएको होइन, तर केही ढिलाई भने भइरहेको नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहालले बताउनुभयो । उहाँका अनुसार धेरैजसो जिल्लाको नेतृत्व टुंगो लागिसकेको भए पनि औपचारिक रुपमा सार्वजनिक भने हुन नसकेको हो ।
जिल्लामा पनि धमाधम एकता
जिल्ला तहमा पनि दाङ र बाग्लुङमा स्थानीय तहसम्मै एकताको सबै काम टुंगिएको छ । ती दुई जिल्लाका हरेक स्थानीय तहमा चयन भएका एकतापछि गठित समितिका पदाधिकारी तथा सदस्यलाई पनि शपथ गराईएको छ ।
अन्य धेरै जिल्लामा पनि एकताको काम सकिएको छ । प्रदेश ३ का सबै जिल्लामा एकताको काम सकिएको भए पनि औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाहालले बताउनुभयो ।
प्रदेश ३ मात्रै नभई देशैभरका अधिकांश जिल्लाको एकता टुंगो लाग्ने क्रम जारी रहेको र त्यसलाई अब छिट्टै टुंगोमा पुर्याउने गरी पार्टीले काम गरिरहेको पनि दाहालले जानकारी दिनुभयो ।
प्रदेश १ र २ का जिल्लामा तत्कालीन एमाले र माओवादीले बराबरी भागबण्डा पाउने गरी सहमति जुटाएका छन् । स्थानीय तहमा पनि त्यसैगरी एकताको काम अघि बढेको प्रदेश १ का इञ्चार्ज भीम आचार्यले बताउनुभयो ।
गण्डकी प्रदेशमा भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने तयारी गरेपछि कुरा मिलेको छैन ।
जिल्लाको अध्यक्ष र सचिव पदमा एकअर्कालाई बाँडफाँड गरेर एकता प्रकृया मिलाउने बारेमा छलफल भए पनि टुंगो लागि नसकेको गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले बताउनुभयो ।
प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्खाखाँची, प्युठान, रोल्पा र पूर्वी रुकुममा स्थानीय तहमा समेत भागबण्डासहितको एकताको प्रकृया टुंगोमा पुगेको छ । यस्तै कर्णाली प्रदेशको डोल्पा, जुम्ला, जाजरकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली, डडेलधरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिसकेको छ । झण्डै ४१ जिल्लामा एकता प्रकृया सकिएको भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।
अन्य जिल्लाको समेत एकता सकेर एकैपटक सबैतिरको औपचारिक घोषणा गर्ने तयारी अनुसार काम भइरहेको पार्टी सचिवालयले जानकारी दिएको छ ।
पूर्व एमाले र माओवादीको भागवण्डा
७७ वटै जिल्लामा तत्कालीन एमाले र माओवादीले भागबण्डा लगाएका छन् । पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्ला लिने गरी भागबण्डा टुंगाएको बुझिएको छ । तर औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखभित्र सरप्राइज दिने भन्दै हिँड्नुभएकाले यो वैशाखभित्र पार्टी एकताले पूर्णता पाउनेमा विश्वास लिइएको छ । पार्टी एकताको सबै काम सकाउने गरि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नै भइसकेको नेताहरु नै बताउँछन् ।
यो वैशाख १० गते नेपकाको स्थापना दिवस पनि भएकाले त्यही दिन औपचारिक रुपमा तल्लो तहसम्म पार्टी एकता सकिएको भनेर घोषणा हुन सक्ने विश्वास पनि नेताहरुले लिएका छन् ।
‘पार्टी अध्यक्ष ओलीले सरप्राइज दिन्छु भनेकाले पक्कै पनि पार्टी एकतालाई पूर्णता दिने भनेर भन्न खोज्नु भएको होला,’ एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘अहिले धेरै जसो जिल्ला र स्थानीय तहमा एकताको काम धमाधम भइरहेको पनि छ ।’
एकतालाई टुंगोमा पुर्याउन प्रदेश कमिटी सकृय भएर लागेकाले छिट्टै नतिजा आउने ती नेताले विश्वास लिए ।
एकता नहुँदा समस्या
तर पार्टीको तल्लो तहसम्मको एकताले पूर्णता नपाउँदा अहिलेसम्म पनि गाउँ, नगर र जिल्ला तहका विभिन्न भागबण्डामा तत्कालीन एमाले र माओवादी भनेर छुट्याइने गरिएको छ ।
चुनावी प्रतिष्पर्धा नै हुने भए पनि नेकपाको नाममा प्रतिष्पर्धामा सामेल हुन नपाइने अवस्था छ ।
अहिले पनि एमाले र माओवादी केन्द्रकै नाममा भिड्नु पर्ने बाध्यात्मक अवस्था रहेको कार्यकर्ताहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ।