प्रदेश तीन मन्त्रिपरिषद बैठक : हावाहुरी पीडितलाई एक करोड रुपैयाँ दिने निर्णय

 चैत १९, २०७५ मंगलबार १०:४४:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेश सरकारले प्रदेश २ का नागरिक विपत्तिमा परेका बेलामा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश ३ को मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेशमा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । 

प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो । 

सोमबार मात्रै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो । त्यहाँका घाइते उनीहरुका आफन्तसँग समेत विरगन्ज र कलैयाको अस्पतालमा पुगेर भेट गर्नुभएको थियो । 

हावाहुरी पीडितलाई सांसदहरुले तीन दिनको तलब दिने 

हावा हुरीका कारण विपत्तिमा परेका बारा र पर्सा जिल्लाका नागरिकका लागि प्रदेश नम्बर ३ का सांसदहरुले पनि सहयोग गर्ने भएका छन् । 

छिमेकी प्रदेशमा विपत्ति पर्दा टुलुटुलु हेरेर बस्न नहुने भन्दै सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले आवाज उठाएपछि मंगलबार प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सहयोग गर्ने निर्णय गरेको हो । 

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरिएको हो । 
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया