पालिका उपचुनाव : ४१ पदका लागि मतदान शुरु
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ ।
बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, सबै सचिवहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्री, प्रदेश सचिवहरु महानगरपालिकाका मेयर, अर्थविदलगायतको सहभागिता छ । आयोगले समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएर दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको मस्यौदामा समेटेको छ ।
कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तीव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिनुभयो । १४ औं योजनाले लिएका धेरैजसो सूचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुने पनि उहाँले दाबी गर्नुभयो ।
पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर पुर्याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्याउने उल्लेख छ ।
यस्तै बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ किलाेमिटर द्रुतमार्ग पूरा हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्याउने, ७५ प्रतिशतमा इन्टरनेट पुर्याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ ।
यस्तै विक्रम संवत २१०० अर्थात् २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पुर्याउने, गरिबी ५ प्रतिशतमा झार्ने, बेरोजगारी दर ३ प्रतिशतमा झार्ने, ४० हजार मेगावाट बिजुली उत्पादन, ३३ हजार किमि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार किमि द्रुतमार्ग, २२ सय किमि रेलमार्ग बनाउने, शतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुर्याउने र विक्रम संवत २१०० सम्ममा नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगको मस्यौदामा उल्लेख छ ।
२ दिनको छलफलपछि आधारपत्रको मस्यौदाको टुंगो लगाइने योजना आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।