शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रतिस्पर्धामा जानु पर्ने बताउनु भएको छ । समर्थन र विरोध तथा आलोचना र टिप्पणीअनुसार नै राजनीति अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले थुप्रै खालका हल्ला चलेको बताउँदै भन्नुभयो, ‘कुनै दलले फेद न टुप्पोका विरोध गरेर अगाडि बढेर कँही पुगिँदैन । उहिले नि हल्ला त चलेकै हो नि । ६० वर्षका माथिकालाई गोली हानेर मार्छ भनेर पनि हल्ला चलाए । कम्युनिष्ट पार्टीको सरकार आएपछि त पेस्तोल त आफै अगाडि तेर्स्याउनुपर्यो । त्यस्तो हो भने त हामी बाँकी नै रहन्थेनौ नि ।यस्ता खालका हल्ला चलाएर राजनीति गर्नु हुँदैन ।’
प्रधानमन्त्री ओलीले यस्ता कुरा थाहा भै–भै पनि केही राजनीतिक दलले देश अधिनायकवादतर्फ अगाडि बढ्यो भनेर हल्ला फिँजाएको बताउनुभयो । देश अधिनायकवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।