सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस पाँच जनाविरुद्ध उजुरी आह्वान

 चैत २२, २०७५ शुक्रबार ८:५०:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस पाँच जनाविरुद्ध उजुरी आह्वान गरेको छ । 

समितिले आउँदो वैशाख २ गतेभित्र प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डाक्टर मनोजकुमार शर्मा सर्वोच्च अदालतको न्यायधिस पदमा रहन योग्य नभए उजुरी दिन आह्वान गरेको हो ।

समितिको फोन नम्बर ०१ ४२००२७७ मा फोन गरेर वा [email protected] मा इमेल गरेर उजुरी दिन सकिनेछ । 

सूचना दिने व्यक्तिले आफ्नो नाम, थर र वतन खुलाउनुपर्नेछ । तर सूचना दिने व्यक्तिले नाम खुलाउन नचाहे नाम गोप्य राखिने समितिले जनाएको छ । 


 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया