हावाहुरीबाट ज्यान गुमाएकाको सम्झनामा प्रदेश २ सरकारले चैत ३० गते शोक मनाउने

 चैत २५, २०७५ सोमबार १०:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – बारा र पर्साका भीषण हावाहुरीमा ज्यान गुमाएकाप्रति प्रदेश २ सरकारले शोक मनाउने घोषणा गरेको छ ।  

आइतबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिको अवसरमा आउँदो चैत ३० गते प्रदेश २ का आठ ओटै जिल्लामा शोक मनाउने निर्णय गरेको हो ।  

चैत ३० गते बिहान ११ बजे मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिदिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षकलगायतमा प्रदेश २ सरकारले आह्वान गरेको छ । 

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

गएको चैत १७ गते साँझ असिना, पानीसँगै आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका २८ जनाको ज्यान जानुको साथै ५ सयभन्दा धेरै घाइते भएका थिए । त्यसको भोलिपल्ट चैत १८ गते बसेको प्रदेश २ को मन्त्रिपरिषदको आकस्मिक बैठकले जनधनको ठूलो क्षति भएकाले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । 

तर संघीय सरकारले कुनै चासो नदेखाएपछि मृतकहरुको सम्झनामा प्रदेश स्तरमै शोक मनाउन लागिएको हो ।  

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया