राप्रपा अध्यक्ष कमल थापा केहीबेर प्रहरी नियन्त्रणमा,  राप्रपाका ३० भन्दा बढी नेता कार्यकर्ता घाइते

 चैत २५, २०७५ सोमबार १५:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

२२ सूत्रीय माग राख्दै धर्नामा बस्न जाँदै गर्दा अध्यक्ष थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, भाष्कर भद्रासहितका नेता कार्यकर्तालाई प्रहरीले  केहीबेर नियन्त्रणमा लिएर छाडेको राप्रपाका प्रचार विभाग प्रमुख तथा सह–प्रवक्ता मोहन श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका मागमा दबाब दिन राप्रपाले आज काठमाण्डौलगायत सातै प्रदेशका राजधानी, ७७ वटै जिल्ला सदरमुकाममा एक घण्टा धर्नाको कार्यक्रम तय गरेको थियो । 

शान्तिपूर्ण धर्ना कार्यक्रमकै क्रममा प्रदर्शनी मार्गमा आउने क्रममा पद्मोदय मोडमा प्रहरीले हस्तक्षेप गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि प्रहरीले व्यापक हस्तक्षेप गरेको बताउँदै सरकार देशलाई मुठभेडमा लैजान चाहेको श्रेष्ठले बताउनुभयो ।

प्रहरीको हस्तक्षेपमा परि राप्रपाका ३० जनाभन्दा बढी नेता कार्यकर्ता घाइते भएको श्रेष्ठले बताउनुभयो । त्यस्तै शान्तिपूर्ण प्रदर्शनका क्रममा पोखराबाट पनि आफ्ना नेता कार्यकर्ता पक्राउ परेको श्रेष्ठले बताउनुभयो ।


 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया