सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई अपमान गरेको गुनासो गर्नु भएको छ ।
नेता सिटौलाले पार्टीभित्र विभाग गठनमा समेत भागबन्डा हुने गरेको उल्लेख गर्दै त्यसमा पनि आफूलाई अपमान गर्ने काम भैरहेको बताउनु भयो ।
जनआन्दोलन दिवसको अवसर पारेर मंगलबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इमान्दार, सक्षम व्यक्तिहरुलाई किनारामा राखेर आफ्नो पकेटका मान्छेलाई जिम्मेवारी दिने काम पार्टी नेतृत्वले गरेपछि पार्टीभित्र कसरी एकता हुन्छ ? भनि प्रश्न पनि गर्नु भयो ।
नेता सिटौलाले युवाहरु सक्षम र इमान्दार भएपनि पार्टी नेतृत्वले सधैं किनारामा पुर्याउने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले संवैधानिक आयोगहरुको नियुक्तिमा सरकारले संविधान र कानुन मिच्दा पनि त्यसको विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको चर्को आलोचना पनि गर्नुभयो ।
नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताको आधारमा जिम्मेवारी नदिएकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको पनि स्पष्ट पार्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।