नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) को जित चाहेका छन् । उनले नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बनेको अवस्थामा शान्ति वार्ताको सम्भावना धेरै रहने आशय व्यक्त गरेका छन् ।
उनले यो पनि भनेका छन् 'बीजेपी दक्षिणपन्थी पार्टी हो र उसले जितेको खण्डमा काश्मीरलाई लिएर वार्ता अघि बढ्न सक्छ । यद्यपी भारतमा मुसलमानहरु आफैँ अलग भएको महसुस गरिरहेका छन् ।'
प्रधानमन्त्री इमरान खानले कांग्रेस नेतृत्वमा सरकार बने पाकिस्तानसँग वार्ता गर्न डराउने जस्तो देखिएको बताएका छन् ।
उनले भने, ‘अहिले भारतमा जे भइरहेको छ, यो बारेमा मैले कहिले पनि यस्तो होला भनेर सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमाथि नै हमला भइरहेको छ । मोदी, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको तर्फ छन् । यी दुबैजना डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’
बीजेपीले जम्मु–काश्मीरबाट विशेष दर्जा हत्याउन खोजेको इमरानले आरोप लगाएका छन् । उनले भनेका छन् 'यो निकै चिन्ताजनक हो ।' तर उनले निर्वाचन निर्विघ्न रुपमा सम्पन्न हुनुपर्ने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।