सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
मकवानपुर – प्रदेश नम्बर– ३ मन्त्रिपरिषदको बैठकले बुधबार पाँच वटा निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना योजना कार्यक्रम अनुदानसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ ।
बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यान्वयनसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
बारा र पर्सामा हावाहुरीका कारण पीडित परिवारलाई यस अघिको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार नगद स्वरुप प्रदेश २ सरकारको खातामा एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । यसैगरी बैठकले नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धनसम्बन्धी प्रदेश स्तरीय कार्यविधि स्वीकृत गरेको छ । प्रदेश जलचर संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बैठकले स्वीकृत गरेको ढुंगेलले बताउनुभयो ।
प्रदेश –३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश रजिष्ट्रारको नियुक्ति समेत गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रेस रजिष्ट्रारको नियुक्ति गरेको हो । यस प्रदेश अन्तर्गतका सबै खाले मिडियालाई हेर्ने गरी प्रेस रजिष्ट्रार नियुक्त गरिएको हो ।
प्रदेश ३ को प्रेस रजिष्ट्रारमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी गाउँपालिका वडा नम्बर ४ का पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेलले बताउनुभयो ।
विगत २० वर्षदेखि पत्रकारितामा आवद्ध रहनुभएका सापकोटाले पत्रकारितामा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।