अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ - कलाकार केदार घिमिरे (माग्ने बुढा) ले आज ४५ औं जन्मदिन मनाएका छन् ।
२०३२ साल चैत २८ गते मकवानपुरको ठिङ्गनमा जन्मेका केदार अहिले सबैको प्रिय र सफल कलाकार हुन् । लामो समयको संघर्षपछि सबैको प्रिय कलाकार बनेका केदार कलाकारबीच पनि उत्तिकै प्रिय छन् ।
हास्यकलाकार मनोज गजुरेल केदार घिमिरेलाई हास्यव्यङ्ग्य क्षेत्रका एक अर्गानिक कलाकार मान्छन् । ‘उनी स्टेज र पर्दा भन्दा बाहिर पनि राम्रो ‘सेन्स अफ ह्युमर’ भएका व्यक्ति हुन् । आफ्नो क्षेत्रका सहयात्रीहरु र अग्रजहरु प्रति अत्यन्त सम्मान राख्ने आफूभन्दा जुनियरलाई प्रेम गर्ने एक उदार कलाकार हुन्,’ गजुरेलले भने ।
विल्सनविक्रम राई (तक्मे बुढा) ले माग्ने बुढा तक्मे बुढाको जन्मदाता भएको बताए । उनी भन्छन्, ‘यदि माग्ने बुढा हुँदैनथ्यो भने तक्मे बुढाको जन्म असम्भव थियो । माग्नेबुढा थियो र तक्मे बुढालाई दर्शकले चिन्नुभयो । उहाँ नहुनु भएको भए सायद आज पनि म गाँउघरमा कुटो कोदालो मै रमाइरहेको हुन्थेँ ।’
विष्णु घिमिरे (हर्के हवल्दार) ले केदार घिमिरे र आफू एउटै जिल्लाका भएको बताउँदै उमेरका हिसाबले केदार कान्छो भए पनि कलाकारिताका हिसाबले केदार जेठो भएको बताए ।
मेरी बास्सैमा 'मूलाको साग' थेगोले परिचित सुरेन्द्र केसीले केदारका बारेमा भने, ‘म केदार घिमिरेलाई नजिकबाट चिन्दछु । दुःखमा परेकालाई साथ दिने, नजान्नेलाई सिकाउने, भएका कुरा बोल्न कहिले पनि नडराउने, एक असल व्यक्तिका रुपमा उनलाई चिन्दछु ।’
कलाकार तथा निर्माता निर्मल शर्मा (गैंडा) ले केदार घिमिरे नेपाली दर्शकले अत्यन्तै रुचाएका एक सर्वप्रिय कलाकारका रुपमा चिन्ने बताए ।
कुञ्जना घिमिरे (सुन्तली) ले केदार घिमिरे कामलाई पहिलो प्राथमिकतामा राख्ने मान्यता भएको कलाकार भएको बताइन् । ‘काम गर्ने जाँगर नभएका बेला हौसला प्रदान गरेर काम गर्न उत्साहित गर्ने, नेपाली कलाकारदेखि दर्शकसम्म सबैको एकदमै प्रिय हुनुहुन्छ’, उनले भनिन् ।
'मेरी बास्सै' की 'मैया' अर्थात् सुनिता गौतमले आफूलाई त धेरै दर्शकहरुले माग्ने बुढाकी मैया भनेर चिन्ने गरेकाे बताइन् । 'आज उहाँ मेरी बास्सैमा त हुनुहुन्न तर प्रत्येक पलमा हामीले उहाँलाई मिस गर्ने गर्छौ', उनले भनिन् ।
'भद्रगोल' का अर्जुन घिमिरे (पाँडे) ले केदार घिमिरे हास्य क्षेत्रका पछिल्लो पुस्ताका पिँढीहरुका लागि एउटा मार्गदर्शकको रुपमा भएको बताए । उनले भने, ‘उहाँबाट हामीले धेरै सिकेका छौँ र आगामी दिनमा पनि धेरै सिक्दै अघि बढ्ने छौ । मेरो नजरमा एकदम राम्रो कलाकार हुनुहुन्छ, केदार घिमिरे ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।