टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
बलिउडकी सदाबहार गायिका लता मंगेशकरले पुलवामा आक्रमणमा शहीद भएका सैनिक परिवारलाई १ करोड रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी छिन् ।
लता मंगेशकरले ‘भारत का वीर’ नामको एपमार्फत यो रकम दान गर्नेछिन् । यो एप भारतको गृह मन्त्रालय अन्तर्गत काम गर्छ । जसका माध्यमबाट शहीद परिवारलाई आर्थिक मद्दत गरिन्छ ।
लता मंगेशकरले उनको व्यक्तिगत बैंक खाताबाट १ करोड रुपैयाँ दान गर्ने भएकी हुन् । लता मंगेशकरको परिवार तथा आफन्तजनले याे रकम बाहेक थप ११ लाख रुपैयाँ पनि शहीद परिवारलाई दान गर्ने बताइएको छ ।
गएकाे फेब्रुअरी १४ मा जम्मु-कश्मीरको पुलवामामा सीआरपीएफका जवानहरु चढेको गाडीमा आतंककारी हमला भएको थियो । त्यस हमलामा ४० जना सुरक्षाकर्मीको ज्यान गएको थियो । त्याे हमलामा ज्यान गुमाएका शहिदका परिवारलाई लता मंगेशकर भन्दा अगाडि पनि बलिउडका अन्य कलाकारहरुले सहयोग गरेका थिए ।
अभिनेता अक्षय कुमारले शहीद परिवारलाई ५ करोड रुपैयाँ सहयाेग गरेका थिए । अभिनेता अमिताभ बच्चनले प्रत्येक शहीदका परिवारलाई ५/५ लाख रुपैयाँ सहयाेग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।