‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी दिएको छ । नगर क्षेत्रभित्र रहेका सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याएर ९० जना त्यही सडकमा काम गर्ने गरी नियुक्ति दिएको हो ।
नगरपालिकाले गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई नियुक्तिपत्र र काम गर्न चाहिने सामग्री हस्तान्तरण गर्नुभयो ।
मन्त्री विष्टले नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी दिएकोमा खुशी व्यक्त गर्दै काम सानो ठूलो नहुने बताउनुभयो ।
साथै उहाँले अब केही समयपछि प्रत्येक स्थानीय तहमा चार सय युवाहरुलाई कुनै न कुनै रोजगारी सिर्जना गर्ने बताउनुभयो । मन्त्रीविष्टले स्थानीय सम्भावनाका आधारमा गाउँमै रोजगार सिर्जना गर्न खोजिरहेको बताउँदै अब कोही पनि बेरोजगार भएर बस्नु नपर्ने बताउनुभयो ।
मुसिकोट नगरपालिकाले ‘लेन्थ वर्कर’ व्यवस्थापन कार्यविधि–२०७५ निर्माण गरेको र त्यसैका आधारमा व्यवस्थापन समिति गठन गरेर नियुक्त गरिएका कामदारलाई परिचालन गर्ने नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
नगरपालिकाले एक जना कामदारको पारिश्रमिक मासिक १३ हजार चार सय ५० रुपैयाँ तोकेको छ । उनीहरुले वर्षभरि नै मोटरबाटो मर्मत गर्ने झाडी सरसफाइ गर्ने, साना पहिराहरु पन्छाउने, नाली काम गर्नेछन् ।
मुसिकोट नगरपालिकाका नौ वडामा १० जनाका दरले ९० जना कामदार भए पनि सडकको दूरीको आधारमा उनीहरुलाई परिचालन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो ।
यो कामका लागि १ सय २६ जनाले आवेदन दिएकोमा एक सय १० जना अन्तर्वार्तामा सहभागी भएका थिए । छनौट समितिको मूल्याङ्कनका आधारमा ९० जनालाई छनोट गरिएको नगरपालिकाले जनाएको छ ।
सडक सफा र मर्मतका लागि कामदार लगाउँदा डोजरभन्दा महङ्गो पर्ने भए पनि डोजरलाई पैसा दिएर बाहिर पठाउनुभन्दा स्थानीयलाई काम दिन यस्तो निर्णय गरिएको नगर प्रमुख सापकोटाले बताउनुभयो ।
तस्बिर- कृष्ण छन्तेलकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Lilawati Aryal
April 18, 2019, 5:35 p.m.काम भएर मात्रै भएन। कामले माम पनि खान पुग्नु पर्याे।