वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाको सरकारले अनुगमन गर्ने

 वैशाख ७, २०७६ शनिबार ११:१०:३२ | उज्यालो सहकर्मी

काठमाण्डौं – वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्य संस्थाको सरकारले अनुगमन गर्ने भएको छ । 

सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले भोलि आइतबारदेखि अनुगमन गर्ने भएको हो । अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटिनेछ ।

उपत्यकामा खटिएको टोलीलाई अनुमगनका लागि १५ दिनको म्याद दिइएको छ भने उपत्यका बाहिर खटिने ३ वटा टोलीलाई १० दिनको म्याद दिइएको छ । 

चार सदस्यीय अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया