टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम चरणको खेल सकिनै लाग्दा झनै रोमाञ्चक देखिएको छ । अब बचेको चार खेलमा सबै टिमले लिग चरणकाे आ-आफ्नै १४औं अर्थात् अन्तिम खेल खेल्दैछन् ।
१२औं सिजनमा अहिलेसम्म तीन वटा टिमले प्लेअफमा आफ्नो सिट सुरक्षित गरिसकेका छन् । सिजनको ५१औं खेलमा गएको बिहीबार सुपर ओभरमा सनराइजर्स हैदराबादलाई हराउँदै मुम्बई इण्डियन्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको थियो । यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका थिए ।
अब चौथो र एकमात्र सिटका लागि प्रतिस्पर्धा जारी छ । जसका लागि चार टिम आफ्नो ताकत र सामर्थ्यले भ्याएसम्म कोशिश गरिरहेका छन् ।
केही टिम जो विदेशी खेलाडीमा निर्भर रहेका थिए अब उनीहरुले आफ्नो रणनीति बदल्नुपर्नेछ । आईपीएलका लागि बोलाइएका विदेशी खेलाडीहरु आउँदै गरेको विश्व कपको तयारीका लागि आआफ्नो घर फर्किने क्रम जारी छ । अब लगभग सबै टिमले घरेलु खेलाडीकै आडमा जित निकाल्नुको विकल्प छैन ।
प्लेअफमा पुग्ने टिमका लागि आफ्नो प्रदर्शनमा मात्र नभई अरु टिमको खेलमा पनि ध्यान दिनुपर्ने हुन्छ । केही टिमको लागि जित मात्र नभई अरु टिमको हारको पनि आवश्यकता छ । केही टिमका लागि नेट रन रेट र जितको अन्तरको महत्व छ । समग्रमा भन्दा सबै टिमका लागि कम मौका र धेरै चिन्ता र आशंका बढेको छ ।
कोलकाता नाइटराइडर्स
शुक्रबार राति भएको ५२औं खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले हरायो । यो जितसँगै कोलकाताको प्लेअफमा पुग्ने सम्भावना कायम नै छ । १३ खेलबाट १२ अंकका साथ कोलकाता अंक तालिकाको पाँचौं नम्बरममा छ । कोलकाताले अन्तिम खेलमा तेस्रो स्थानको मुम्बईसँग प्रतिस्पर्धा गर्दैछ ।
किंग्स इलाभेन पञ्जाब
गए राति कोलकाता नाइटराइडर्ससँग हार बेहोरेको किंग्स इलाभेन पञ्जाबले १३ खेलबाट १० अंक बटुलेको छ । अब प्लेअफमा पुग्नका लागि पञ्जाबले आइतबारको खेलमा चेन्नईलाई भारी अन्तरले हराएर मात्र हुँदैन । पञ्जाबले दोस्रो टिमको नतिजामा पनि ध्यान दिनुपर्छ ।
सनराइजर्स हैदराबाद
सनराइजर्स हैदराबाद अंक तालिकाको चौंथो नम्बरमा छ । १३ खेलमा छ खेल जितेको हैदराबादको १२ अंक छ । हैदराबादले प्लेअफमा स्थान बनाउन लिग चरणको अन्तिम खेलमा रोयल च्योलेन्जर्स बेंग्लोरलाई हराउनै पर्छ । तर बेंग्लोरसँग सनराइजले हार्दा त्यसको फाइदा कोलकाता, राजस्थान र पञ्जाबलाई हुन्छ ।
राजस्थान रोयल्स
विदेशी खेलाडी गएसँगै राजस्थान रोयल्स निकै कमजोर देखिएको छ । राजस्थानका लागि प्लेअफको समिकरण पनि कठिन नै छ । किनकि उसको नेट रन रेट (-० दशमलव ३४३) निकै खराब छ र एक हारले राजस्थान बाहिरिने निश्चित छ । राजस्थानले अन्तिम खेलमा दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।