टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
वेष्ट इन्डिज क्रिकेट टिमका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन भएको छ । लामो समयदेखि बिरामी रहका उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९६० देखि १९६९ सम्म वेष्ट इन्डिज क्रिकेट टिमबाट खेलेका उनले २९ टेष्ट खेलेका थिए । नुर्सीको निधन उनका चेला तथा वेष्ट इन्डिजकै खेलाडी डेसमोन्ड हानेसले आफ्नो फेसबुकमा राखेर पुष्टि गरेका हुन् ।
बार्बाडोसका पूर्व मिडिलअडरका ब्याट्सम्यान नुर्सीले इंग्ल्याण्डविरुद्ध १९६० सालमा डेब्यू गरेका थिए । जसमा उनले पहिलो खेलको पहिलो पारीमा ७० र दोस्रो पारीमा ११ रन बनाएका थिए । उनले टेष्टको अन्तिम खेलमा दुई सय ८५ रन बनाउँदै करियरको अन्त्य गरेका थिए । आफ्नो करियरमा उनले दुई हजार ५ सय २३ रन बनाएका थिए । जसमा ६ शतक र १० अर्धशतक रहेका छन ।
एक सय ४१ पहिलो श्रेणीका खेल खेलेका नुर्सीले नौ हजार चार सय ८९ रन बनाएका थिए । उनी खेलाडी जीवनबाट सन्यास लिएपछि बार्बाडोस टिमको छनोटकर्ता र टिम व्यवस्थापक बनेका थिए । यसका साथै उनी बार्बाडोस राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक पनि बनेका थिए । उनकी दुई वटा जुम्ल्याहा छोरी रहेका छन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।