टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
भारतको ओडिशा सरकारले चक्रवाती तुफान ‘फानी’ बाट प्रभावित भएका किसान, माझीलगायत पीडितको सहयोगका लागि एक हजार छ सय करोड भारतीय रुपैयाँ प्याकेजको घोषणा गरेको छ ।
ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले प्याकेजको घोषणा गरेका हुन् । प्याकेजमा पशुपालन, मत्स्यपालनलगायतका व्यवसायमा संलग्न व्यक्तिहरुलाई समावेश गरिएको छ । मुख्यमन्त्री पटनायकले 'फानी' बाट प्रभावित इलाकामा उच्च शिक्षासम्मको विद्यालय परीक्षा शुल्क माफ गरिदिने बताएका छन् ।
उनले चक्रवाती तुफान पीडितलाई सहयाेगका लागि एउटा वेब पोर्टलको पनि सुरुवात गरेका छन् । गएको ३ मे मा चक्रवाती तुफान 'फानी' ले ओडिशामा क्षति पुर्याएकाे थियो, जसमा ४३ जनाले ज्यान गुमाएका थिए ।
यसको साथै भवन, खेतीबाली, फलफूल र तरकारीमा पनि धेरै क्षति पुगेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।