रुकुम पश्चिममा जीप दुर्घटना, वडा अध्यक्षसहित ८ जना घाइते

 वैशाख ३०, २०७६ सोमबार ७:४५:५८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन । 

आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेबाट वडा नम्बर ९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना हुँदा ८ जना घाइते भएका हुन । 

घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज कर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

दुर्घटनामा परि घाइते हुनेमा आठविसकोट नगरपालिका वडा नम्बर ८ का २८ वर्षका भुपेन्द्र बोहोरा, त्यही ठाउँका ४० वर्षका प्रजित बुढा,२१ वर्षका दिपक बोहोरा रहनु भएको छ । त्यस्तै वडा नम्बर ८ कै ४० वर्षका भिम बहादुर आरसी, २८ वर्षका खिमराज बुडा रहेको प्रहरीले जनाएको छ । 

यस्तै आठविसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढा, त्यही ठाउँका १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते हुनु भएको छ । 

प्रहरीका अनुसार घाइते मध्ये खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाकाे अबस्था गम्भीर रहेको छ । घाइते भएका आठै जनालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ । 

दुर्घटनाको कारण नखुलेको र घटना बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज विश्वकर्माले बताउनुभयो । गाडी सडकबाट अनुमानित ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया